Section 13
रोक लगाउन सक्ने
(१) कसैले यस ऐन बमोजिम वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनभन्दा विपरीत हुने गरी आयोजना कार्यान्वयन गरेमा सम्बन्धित निकायले त्यस्तो आयोजना कार्यान्वयन गर्न तत्काल रोक लगाउन सक्नेछ।

(२) उपदफा (१) बमोजिम आयोजना कार्यान्वयन गर्न रोक लगाइएकोमा त्यसरी रोक लगाइएको कारणबाट प्रस्तावकलाई कुनै क्षति पुग्न गएमा प्रस्तावकले सो बापत क्षतिपूर्तिको दाबी गर्न पाउने छैन।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यान्वयनमा रोक लगाइएको आयोजनाको प्रस्तावकले यस ऐन बमोजिम वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गराएमा वा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन बमोजिम आयोजना कार्यान्वयनमा सुधार गरेमा उपदफा (१) बमोजिम लगाएको रोक सम्बन्धित निकायले फुकुवा गर्न सक्नेछ।